सर्पदंशवाट एक बालिकाको मृत्यु



सैघाली खबर,
सल्यान, १२ भदौ, । सल्यान पश्चिम बन्गाड कुपिण्डे नगरपालीकामा सर्पदंशवाट एक बालिकाको मृत्यु भएको छ । बन्गाड कुपिण्डे नगरपालीका–४, च्युराकी १३ वर्षिया दुर्पती बिष्टको सर्पदंशबाट मृत्यु भएको हो ।

आइतवार दिउँसो १ बजे बारीमा घाँस काट्दै गर्दा सर्पदंशबाट बिरामी भएकी उनको सुर्खेत मेहलकुनास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

 

मृतक बिष्ट त्रिभुवन जनता माध्यमिक विद्यालय शंखपिपल च्युरा सल्यानमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

गत वर्ष मात्रै बन्गाड कुपिण्डे क्षेत्रमा सर्पदंशबाट ४ जनाले ज्यान गुमाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्