डाक्टर केसीले माग पुरा नभए दिए फेरि अनशन बस्ने चेतावनी



सैघाली खबर,
काठमाडौं, १२ भदौ, । चिकित्सा शिक्षामा सुधारको माग गर्दै बारम्बार आमरण अनशन बसेका शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले पुनः सत्याग्रह लगायतका आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

 

नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएकोप्रति मुख्यतः असन्तुष्ट देखिएका डाक्टर केसीले तीनबूँदे माग पूरा गर्न सरकारलाई आगामी भदौ २१ गतेसम्मको अल्टिमेटम दिएका छन् ।

उनले नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने त्रिविका उपकुलपति, रेक्टर र रजिस्टारलाई बर्खास्त गरी कारबाही प्रक्रिया अगाडी बढाउन माग गरेका छन् ।

खाली रहेको आवासीय भवनलाई मेडिकल कलेजलाई दिइएको सम्बन्ध खारेज गरिनुपर्ने, त्रिभुवन विश्वबिद्यालयले दिने सम्बन्धन, बिद्यार्धी भर्ना, शुल्क निर्धारण लगायतका सबै सधिकार आइओएममा फिर्ता गर्नुपर्ने केसीको मुख्य माग हुन् ।

उनले २१ गतेभित्र माग पूरा नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्