हावाहुरि प्रभावित क्षेत्रका लागि नवलपुरमा सेनाका ४४ सहित ११९ जना द्वारा रक्तदान



बिजय चालिसे ।
हावाहुरीबाट प्रभावित बारा पर्सालगायतका जिल्लाहरुका घाईते नागरिकका लागि मङ्गलबार नवलपुरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय १९ जनाले रक्तदान गरेका छन् ।

नवलपुर उधोग बाणिज्य सङ्घ कावासोती, रेडियो सामर्थ्य र रोटरी क्लब अफ कावासोतिको संयुक्त आयोजना तथा नेपाल रेडक्रस उपशाखा कावासोतिको संयोजनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय १९ जनाले रक्तदान गरेको रेडियो सामर्थ्यका प्रबन्ध निर्देशक सागर पोखरेलले जानकारी दिनुभयो ।

८४ औं पटक रक्तदान गर्नुभएका कावासोति १६ का शिव गिरिलाई ब्लड ब्याग हस्तान्तरण गरि रक्तदान कार्यक्रम सुरु गरिएको थियो ।

रक्तदान कार्यक्रममा श्री नम्बर २ बन तथा पर्यावरण सुरक्षा गण हात्तिखोर र रास्ट्रीय सेवा दल मध्य तालिम शिक्षालय हात्तिखोरबाट ४४ जनासहित नवलपुरमा क्रियासिल पत्रकार लगायत गरि १ सय १९ जनाले रक्तदान गरेका थिए ।

नवलपुरका विभिन्न सामाजिक अभियानकर्ताको आव्हानमा गरिएको रक्तदान कार्यक्रममा रेडियो कावासोती, सिजि ईन्डस्ट्रीयल पार्क, सप्तगण्डकी मल्टी प्रपोज कम्पनी, जाग्रीती बाल तथा सरोकार नेपाल, कस्मिक नेट, सिद्धार्थ आवासिय माबी, नेपाल ईन्टेलेक्चुअल ईनोभेटिभ सस्था, फलफुल व्यावसायिलागायतको सहकार्य रहेको थियो।

सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत रहेर बारा, पर्सालगायतका जिल्लामा हावा हुरिका कारण घाईते भएका विरामिहरुको उपचारमा रक्त अभाव परेको विभिन्न सन्चार माध्यमबाट सुचना आएकाले रक्तदान कार्यक्रम गरिएको नवलपुर उधोग बाणिज्य सघका अध्यक्ष डासुराज पोखरेलको भनाई छ ।

रोटरि क्लव अफ कावासोतिका अध्यक्ष भरत शर्मा पोखरेलले विपतमा परेका व्याक्तिलाई रोटरिले सहयोग गर्ने भएकाले जिल्लामा रहेका विभिन्न सघ सस्थाहरुसग मिलेर आपतकालिन रक्त सकलन गरिएको बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका अध्यक्ष मदन भक्त अधिकारिको प्रमुख आतिथ्यता एवं नवलपुर उधोग बाणिज्य सङ्घका अध्यक्ष पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा बन तथा पर्यावरण सुरक्षा गणका गुल्मपती कर्णेल शारदाभक्त माटागुला, राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयका सेनानी लक्षमण थापा लगायतको आतिथ्यता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्