सैघाली खबर, दाङ १२ भदौ ।
गएको आर्थिक बर्षमा दाङमा १ सय ७२ सवारी साधन दुर्घटनामा परेका छन् । गएको आर्थिक बर्ष २०७३र०७४ मा सवारी दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको छ भने २ सय २१ जना घाईते भएको जिल्ला ट्राफिक कार्यालय दाङले जानकारी दिएको छ ।
मृत्यु हुनेमा पुरुष ५८ ,महिला ११ ,बालक ६ र बालिका एक रहेको दाङका ट्राफिक प्रमुख ओम प्रकाश वाग्नले जानकारी दिए ।
ट्राफिक प्रमुख वाग्लेका अनुसार गएको आर्थिक बर्षमा सबै भन्दा धैरै मोटरसाईकल दुर्घटना भएका छन् ।
उनका अनुसार मोटरसाइकल ७२ वटा, वस ४० , ट्रक २७,जिप १२,टेक्टर १६ ट्याम्पु एक र अन्य चार गरी एक ७२ सवारीका साधनहरु दुर्घटनामा परेका हुन् । कच्ची बाटो, सवारी साधनको क्षमता भन्दा बढी यात्रुहरु र चालकको लापरबाहीका कारण बढी दृर्घटना हुने गरेको उनले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।