संविधानबारे कसैसँग सम्झौता हुन सक्दैन: प्रधानमन्त्री



सैघाली खबर,
काठमाडौं १२ भदौ। प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा संविधान संशोधनको विषय उठाएर आफूले कुनै गल्ति नगरेका प्रष्टीकरण दिएका छन ।
सोमबार व्यवस्थापिका संसदको बैठकलाई भारत भ्रमणका बारेमा जानकारी गराउँदै प्रधानमन्त्री देउवाले संविधान संशोधन नेपालको आन्तरिक मामला भएकाले आफूले कसैसँग सम्झौता नगरेको दावी गरेका छन ।

संविधानको सर्वस्वीकार्यता बढाउनु र कार्यान्वयन गर्नु राष्ट्रिय एजेन्डा भएको भन्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय प्राथमिकताको एजेण्डाबारे अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउनु स्वभाविक विषय भएको जिकिर गरे । प्रधानमन्त्रीले संविधान कार्यान्वयनको सम्बन्धमा बाह्य हस्तक्षेप स्वीकार्य नभएको पनि बताए ।

आफूले भारतमा संविधान संशोधनको विषयमा बोलेको विषयलाई लिएर केही राजनीतिक दल र सञ्चारमाध्यमले अनावश्यक टिप्पणी गरेको भन्दै प्रधानमन्त्री देउवाले त्यसमा आफ्नो ध्यानाकर्षण भएको बताए ।
प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा नेपालको हितका लागि ८ वटा सम्झौतामा हस्ताक्षर गरेको संसदलाई जानकारी गराए । तरार्इको डुवान र बाढीको दीर्घकालिन समाधानको लागि सीमामा विज्ञ टोली खटाउने विषयमा बिहारका मुख्यमन्त्री नितिशकुमारसँग सहमति भएको, सप्तकोशीको बाँध र सुनकोशी डाइभर्सनको पनि डिपिआर बनाउने सहमति भएको देउवाले संसदलाई जानकारी गराएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्