आर्सनल स्तब्ध, लिभरपुलको शानदार जित



सैघाली खबर,
भदौ १२ . इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आर्सनलमाथि प्रभावशाली जित दर्ता गरेको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले उत्कृष्ट आक्रामक खेल प्रस्तुत गर्दै आर्सेन वेङ्गरको टिम आर्सनललाई स्तब्ध पारेको हो । निकै कमजोर देखिएको आर्सनल लिभरपुलसँग ४–० ले पराजित भयो । लिभरपुललाई जिताउन रोबर्टो फिरमिनो, साडिओ माने, मोहम्मद सालह र ड्यानिएल स्टुरेजले गोल गरे ।

फिरमिनोले १७ तथा मानेले ४० औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा लिभरपुलले २–० को अग्रता लियो । दोस्रो हाफमा पनि आर्सनलले थप दुई गोल खायो ।

५७ औं मिनेटमा सालह तथा ७७ औं मिनेटमा स्टुरेजले गोल गर्दै लिभरपुलको ४–० को जित पक्का गरे । आर्सनलले खेलमा फर्किने केही प्रयास गरेको थियो ।

तर त्यो सार्थक हुन सकेन । लिगका तीन खेलमा आर्सनलले दुई खेल गुमाएको छ । तीन खेलमा दोस्रो जित दर्ता गरेको लिभरपुलको सात अंक भएको छ भने आर्सनलको मात्रै तीन अंक छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्