बालकृष्ण पाण्डे, हापुरे ।
सीप सिकौ आत्मनिर्भर बनौ फेसन डिजाइन अन्तरगत १ महिने एडभान्स कटाइ सिलाइ तालिम को आज एक कार्यक्रम का बिच उद्घाटन भएको छ ।
बबई गाउपालिका को आर्थिक सहयोग तथा दलित सेवा संघ को आयोजना मा कार्यक्रम को उद्घाटन भएको हो । दलित सेवा संघ का जिल्ला सदस्य तेज बहादुर बिश्वकर्मा , तथा बबई गाउपालिका वडान ६ का अध्यक्ष राम बहादुर डाङि को प्रमुख आतिथ्यता एब बबई गाउपालिका वडान ५ का अध्यक्ष डम्बरबहादुर श्रीस को बिशिस्ट आतिथ्यमा मा कार्यक्रम भएको हो ।
कार्यक्रम मा बोल्दै प्रमुख अतिथी राम बहादुर डाङी ले बेरोजगार को समस्या समाधान का लागि तालिमले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भएको छ । देशमा धेरै बेरोजगार को संख्या बढी रहेकाले तालिम मा सिकेका कुरा हरु लाई व्यवहार मा लागू गर्ने कुरा मा ध्यान दिनु पर्ने बताउनु भएको छ ।
त्यस्तै बिशिस्ट अतिथी बबई गाउपालिका वडान ५ का अध्यक्ष डम्बरबहादुर श्रीस ले तालिम मा सिकेका कुराहरु लाई व्यबहार मा लागू गर्न उपस्थित प्रसिक्षार्थी हरु लाई अनुरोध गर्नु भएको छ ।
कार्यक्रम मा बबई गाउपालिका का करिब २० जना प्रसिक्षार्थी लाई प्रशिक्षक निर्मल परिवार ले प्रशिक्षण दिनुहुने छ । कार्यक्रम मा बबई गाउपालिका वडान ४ का सदस्य रन बहादुर खत्री बबई गाउपालिका का प्रेश सम्योजक बालकृष्ण पाण्डे लगायतले बोल्नु भएको थियो । कार्यक्रम को सहजीकरण दलित सेवा संघ का छवि परियार ले गर्नु भएको थियो ।।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।