निमु सगंम घर्ती,
घोराही, १२ भदौ
दाङ जिल्ला उद्योग बाणिज्य संघले व्यवसाय दर्ताका लागि तीन दिने शिविर सञ्चालन गर्ने भएको छ । संघको आज घोराहीमा बसेको बैठकले व्यवसाय दर्ता र पान नम्बर वितरणका लागि यही भदौ २३, २४ र २५ गते घोराहीमा शिबिर सञ्चालन गर्ने निर्णय गरेको हो ।
संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको बैठकमा आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख बाबुराम गौतम र घोराही उपमहानगरका नायब सुब्बा बासुदेब पोख्रेलको उपस्थिीतमा व्यवसाय दर्ता शिबिर चलाउने निर्णय भएको हो ।
उद्योग बाणिज्य संघ, उपमहानगर र राजस्व कार्यालयले संयुक्तरुपमा कर दर्ता शिबिर चलाउने भएका हुन् ।
घोराही उपमहानगरपालिकाले हालै पारित गरेको निति कार्यक्रममा उद्योग बाणिज्य संघ सँग सहकार्य गरी व्यवसाय दर्ता शिबिरबाट सबै व्यवसायीहरुलाई करको दायरामा ल्याउने उल्लेख छ । दाङ जिल्ला उद्योग बाणिज्य संघको कार्य क्षेत्रमा रहेका व्यवसायीहरु मध्य करिब ६० प्रतिशत दर्ता नभएरै चल्दै आएको अनुमान छ ।
ति व्यवसाय दर्ता एवं पान नम्बर नल्याएका व्यवसायीहरुलाई करको दायरामा ल्याउने र बैधानीकरुपले व्यवसाय सञ्चालन गर्ने योजना रहेको संघका अध्यक्ष नारायण भुसालले जानकारी दिनुभएको छ ।।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।