मुख्य समाचार

व्यवसाय दर्ताका लागि घोराहीमा तीन दिने शिबिर चल्ने

By थाहा अनलाइन

August 28, 2017

निमु सगंम घर्ती, घोराही, १२ भदौ दाङ जिल्ला उद्योग बाणिज्य संघले व्यवसाय दर्ताका लागि तीन दिने शिविर सञ्चालन गर्ने भएको छ । संघको आज घोराहीमा बसेको बैठकले व्यवसाय दर्ता र पान नम्बर वितरणका लागि यही भदौ २३, २४ र २५ गते घोराहीमा शिबिर सञ्चालन गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको बैठकमा आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख बाबुराम गौतम र घोराही उपमहानगरका नायब सुब्बा बासुदेब पोख्रेलको उपस्थिीतमा व्यवसाय दर्ता शिबिर चलाउने निर्णय भएको हो ।

उद्योग बाणिज्य संघ, उपमहानगर र राजस्व कार्यालयले संयुक्तरुपमा कर दर्ता शिबिर चलाउने भएका हुन् ।

घोराही उपमहानगरपालिकाले हालै पारित गरेको निति कार्यक्रममा उद्योग बाणिज्य संघ सँग सहकार्य गरी व्यवसाय दर्ता शिबिरबाट सबै व्यवसायीहरुलाई करको दायरामा ल्याउने उल्लेख छ । दाङ जिल्ला उद्योग बाणिज्य संघको कार्य क्षेत्रमा रहेका व्यवसायीहरु मध्य करिब ६० प्रतिशत दर्ता नभएरै चल्दै आएको अनुमान छ ।

ति व्यवसाय दर्ता एवं पान नम्बर नल्याएका व्यवसायीहरुलाई करको दायरामा ल्याउने र बैधानीकरुपले व्यवसाय सञ्चालन गर्ने योजना रहेको संघका अध्यक्ष नारायण भुसालले जानकारी दिनुभएको छ ।।