सात प्रदेशका मुख्यमन्त्री प्रधानमन्त्री निवासमा



प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग संघीय सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गरेका छन। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान भएको सतवटै मुख्यमन्त्री र प्रधानमन्त्रीबीचको भेटमा प्रधानमन्त्रीले आगामी बजेट र नीति तथा कार्यक्रमका बारेमा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर छलफलको आयोजना गरिएको बताइएको छ। ‘कार्यक्रमहरू नदोहोरिउन भनेर स्थानीय, प्रदेश र संघीय सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषदको बैठक आयोजना गर्नुपर्दछ।

कुनै पनि कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नुपर्दछ’, प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै प्रदेश १ का मूख्यमन्त्री शेरधन राईले भने। बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषदको अघिल्लो बैठकले पास गरेका २९ बुँदाको कार्यन्वयन तदारुकताका साथ गरिने जानकारी दिएका थिए।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्