८० वर्षीया वृद्धा अझै तुइन तान्दै, गरि खाने बाटो हराउँने खतरा



काठमाण्डौं । धनगढीको  चरौढीमा करिब दुई दशक देखि जीवनयापनका लागि शुक्रबहादुर चेपाङ तुइन तान्दै आएका छन् । सरकारले तुइन तान्ने काम बिस्थापन भइसक्यों भने पनि उनको तुइन तान्ने काम दैनिकी जस्तै नै बनेको छ । ८० बर्षको उमेरमा उनी छाक टार्न तुइन तान्दै आएका छन् । उनका दुई छोरा छन् ।

जसमध्ये एक सुस्त मनस्थितिका छन् । टाठोबाठो छोराले बिहे गरेर अलगै बस्दै आएका छन् । उनको साहारामा उनै सुस्त मनस्थितिका छोरा छन् । उनी केहि गर्न सक्दैनन् । बृद्ध बुवाको साहारा बन्नु पर्ने बेलामा उनी छोराको हेरचाह र लालनपालनका लागि दिनभरी तुइन तान्दै छन् । न बस्न गतिलो बास छ ,नत खानका लागि पूर्ण गास नै छ ।

तुइन नतान्दा सम्म बाबु छोराको मुखमा माड समेत पर्न हस्मे हम्मे पर्छ । बाबुछोरा तुइनछेउमै रहेको पाटीमा बस्ने गरेको बताउँछन् । २० वर्षदेखि तुइन तान्दा तान्दा शुक्र बहादुर चेपाङका हातका औलाहरु खीएर बाङ्गिएका छन् ।

तुइन कसैका लागि रहर लाग्दो कुरा होला तर त्यहाका बासिन्दालाई जीवनयापन गर्ने बाध्यता हो । जो आफ्नो जीवन जोखीममा पारेर भए पनि आफ्नो दैनिकीमा हिड्नु पर्छ ।

तुइनमा वरिपरी गर्न प्रति व्यक्ति १० रुपैया लिन्छन् तर उनको जिन्दगी खुकुरीको धारमा छ । एउटा डोरीको साहरामा त्रिशुली नदी वारीपारी गर्नु धेरै कष्ट र जोखीम छ ।

अब त्यहाँ नजिकै झोलुंगे पुल पनि निर्माण हुदै छ । तर पनि आफु बाचुञ्जेल तुइन तान्न नछोड्ने उनी बताउछन् । किनकी झुलुङगे पुल बन्दैेमा उनको आवश्यकताहरु त पुरा हुन सक्दैनन् त्यसैले उनले सायद जिबिकोपार्जनका लागि तुइन तान्ने निर्णय गरे ।

उनको कुरा पनि जायज नै हो किनकी आफु बाच्नका लागी भए पनि तुइन तान्नु पर्छ कुनै पनि कार्यक्रममा गएर तुइन बिस्थापित गर्न भन्दैमा कुनै बेसाहाराको जिन्दगीमा खुसी थपिने हैन । अहिले उनको घर निर्माण हुदैछ ।

 

देश तथा बिदेशमा रहनु भएकाहरुबाट उनलाई सहयोग मिल्दैछ । उनको घर निर्माण कार्यको हेरफेरको जिम्मा स्थानीय पदाधिकारी बिष्णु थपलियाले लिएका छन् ।

राजनीतिक एजेण्डा तयार हुन्छन् तर तयार भएका एजेण्डाहरु कार्यान्वयन गर्ने भन्दैमा बेसाहारा जनताको गरिखाने प्रवन्ध पनि मिलाएर लान सके मात्र सरकार सफल भएको घोषणा हुन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्