मुख्य समाचार

वर्तमान सरकार निर्वाचनमा केन्द्रित छ, राज्यमन्त्रि पुन

By थाहा अनलाइन

August 28, 2017

 

सैघाली खबर दाङ १२ भाद्र ।सिचाई राज्यमन्त्रि अमरसिहं पुनले वर्तमान सरकारको निर्वाचनमा केन्द्रित भएको बताउनु भएको छ । रिपोटर्स क्लब नेपाल दाङ शाखाले आज दाङको तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राज्य मन्त्रि पुनले सरकारको ध्यान निर्वाचनमा रहेको बताउनु भएको हो । वर्तमान सरकारका सामु निर्वाचन , संबिधान कार्यान्वयनका साथै वाढि बाट भएको क्षेतिको पुर्ननिमार्ण गर्नु रहेको बताउनु भयो । बाढिले देशका बिभिन्न भागमा ठुलो क्षेति पु¥याएको भन्दै त्यसको पुर्ननिमार्ण गर्नु सरकारका सामु ठुलो चुनौति रहेको बताउनु भयो । रिपोटर्स क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राज्य मन्त्रि पुनले देशमा भएका सवै परिवर्तन तथा महत्वपुर्ण विकास निमार्णमा नेपाली काग्रेसको अग्रनि भुमिका रहेको उहाँले बताउनु भयो । नेपाली काग्रेसले नै मुलुकमा संविधान निमार्णको नेत्रृत्व गरेको भन्दै पुनले अव मुलुकमा विभिन्न निर्वाचनहरु सम्पन्न गरि संबिधान कार्यान्वयन पनि काग्रेसकै नेत्रृत्वमा सम्पन्न हुने बताउनु भयो । उहाँले त्यस बाहेक बिकास निमार्णका कार्य सरकारको नियमित काम भएको समेत स्पष्ट पार्नुभयो । रिपोटर्स क्लब नेपाल रोल्पाका अध्यक्ष सन्तोष शर्माको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण क्लब दाङका सचिव बिमल गौतमले गर्नु भएको थियो ।