आर्थिक

‘न्यू सुजुकी डिजायर दाङमा

By थाहा अनलाइन

August 28, 2017

दाङ, १२ भदौ । दाङको स्वर्गद्धारी अटो डिष्टिब्यूटरले सुजुकी कम्पनीले पछिल्लो सयममा बजारमा ल्याएको ‘न्यू सुजुकी डिजायर’ कारको लञ्च गरेको छ । आज आइतवार घोराहीस्थित डिष्टिब्यूटरमा कार्यक्रमको आयोजना गरी न्यू डिजायरको लञ्च गरेको हो । म्क्ऋल्ज्ञघद्धटकारको लञ्च नेपाल उद्योग वाणिज्य संघका सदस्य ध्रुबकुमार श्रेष्ठ ‘भारी’ नेपाल पत्रकार महासंघ दाङशाखाका अध्यक्ष सविन प्रियासनले गरेका थिए । सो अवसरमा इन्डिएन सेडान मोडलको उक्त कार पहिलेको डिजायरलाई आधुनिक प्रतिधिको प्रयोग गरेर नयाँ बनाएको डिष्टिब्यूटरका प्रोपराइटर संकल्प श्रेष्ठले बताए । अहिले न्यू डिजायरका तीनवटा मोडल नेपाली बजारमा आएको उनले जानकारी दिए । सो तीन मोडलको बजार मुल्य ३० लाख ८९ हजार, ३७ लाख ३९ हजार र ३९ लाख ३९ हजार रुपैयाँ रहेको छ । यो उच्च प्रविधिका साथ निर्माण गरिएकाले प्रतिलिटर २२ किलोमिटर माइलेस रहेको छ । उक्त कारहरुमा नयाँ प्रविधिको चेसीज, दुईवटा एरव्याक रहेका छन् । यो गाडी नेपाली सडकहरुमा उपयुक्त भएकाले सबैभन्दा वढी विक्री हुने गरेको पनि बताइएको छ ।