काठमाडौँ । बिहीबार नेपाली बाजरमा सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ
आज सुन प्रति तोला १ सय रुपैयाँले घटेर ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन पनि प्रति तोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।