काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनस्र्थापनाको लागि दवाव दिने उदेश्य सहित चैत्र १७ गतेदेखि देशव्यापी रुपमा सञ्चालन गरेको हस्ताक्षर संकलन अभियानलाई चैत्र मसान्त सम्म जारी राख्ने भएको छ ।
पार्टी अध्यक्ष कमल थापाको विशेष उपस्थिती तथा जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा आज सम्पन्न समितिको बैठकले चैत्र १७ देखि २३ गतेसम्म हस्ताक्षर संकलन अभियानलाई चैत्र मसान्त सम्म निरन्तरता दिने निर्णय गरेको हो ।
राप्रपाले सुरु गरेको यो अभियानमा नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने मान्यता राख्ने लाखौं नेपाली नागरिकहरुको सहभागिता बढ्दै गएपछि राप्रपामा थप उत्साह पैदा भएको छ ।
पार्टीद्वारा घोषित चैत्र २५ गते सिंहदरबार अगाडि गरिने धर्ना कार्यक्रमलाई पार्टीको शक्ति प्रदर्शनको रुपमा सफल पार्न पार्टीका सबै तहलाई सो बैठकले आग्रह समेत गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।