केन्द्र र प्रदेशको निर्बाचन तोकिएकै मितिमा हुनुपर्छ ः अधिकारी



दिपक बोहरा
दाङ १२ भदौ 

मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय सभापती गँगाधर अधिकारीले प्रदेश र केन्द्रको चुनाब कुनै पनि हालतमा सार्न नहुने बताएका थिए । संबिधान कार्यान्वयन र नागरीककको अधिकार दिलाउन प्रदेश र केन्द्रको चुनाब तोकिएकै मितिमा हुनुपर्ने उनको भनाई थियो । सत्ता सञ्चालनका लागि समयमा निर्वाचन नभए मुलुकमा दु्रुभाग्यपुर्ण स्थिति सृजना हुने उहाले बताउनुभएको छ । मानव अधिकार तथा शान्ती समाज दाङ शाखाले आज तुलसीपुरमा गरेको छलफल कार्यक्रममा उहाले यस्तो बताउनुभएको हो ।

प्रत्येक मन्त्रालयले आर्थिक सम्बृद्धिको एजेण्डा ल्याउनुपर्ने उहाले बताउनुभएको छ । मुलकमा राजनितिक लडाईको अन्त्य गरी आर्थिक,सामाजीक र सास्कृतीक अधिकारको आवस्यकता रहेको उहाले औल्याउनुभएको थियो । समय सापेक्ष रुपमा नागरीक अधिकार लाई सँरक्षण गर्दै संविधानलाई विकसित गर्नुपर्ने उहाले बताउनुभएको थियो । उहाले छिकेकि देशहरु विचमा भएको तित्तता मेटाउन समेत समाजले भुमिका खेल्दै आएको उहाले बताउनुभएको थियो ।

शान्ती समाजका वरीष्ठ सदस्य लिलाध्वज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नागरीक समाजका टिकाराम रेग्मी,केन्द्रीय सदस्य शुसिल बस्नते,पुर्व सभापतिहरु तेज बहादुर कार्कि,निर्मल नेपाली,अधिबक्ता मोहन धिताल लगायतले बोल्नुभएको थियो । सदस्य सम्झना डागीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिब शरद रेग्मीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्