अफगानिस्तानमा बम विस्फोटस् ३ जनाको मृत्यु, १९ घाइते



पुर्वी अफगानिस्तानको जलालावाद शहरमा शनिबार दोहोरो बम विस्फोटमा परेर तीन जनाले ज्यान गुमाएको र १९ जना घाइते भएको सरकारका प्रवक्ताले बताएका छन् ।

‘हताहत हुनेहरुमा २ बालबालिका र ८ सुरक्षा बलका अधिकारीहरु रहेका छन्, ’नांगरहार प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोग्यानीले भने । धमाकाको कारणबारे भने थाहा नभइसकेको उनले बताए ।

यो घटनाबारे अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । आतंकवादी समूह र अफगान सुरक्षा बलबीच हुने लडाइमा कैयौं सर्वसाधरणले अनाहकमा ज्यान गुमाउँदै आएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्