मुख्य समाचार

स्थानीय तहको शासन सञ्चालन विधेयकमा संसदीय समितिमा छलफल

By थाहा अनलाइन

August 29, 2017

सैघाली खबर काठमाडौं,१३ भाद्र

स्थानीय तहको शासन सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तिम अवस्थामा पुगेको छ । व्यवस्थापिका संसदको विकास समितिले त्यसलाई अन्तिम रुप दिने तयारी गरेको छ । विधेयकमा १ हजार ५६ ओटा संसोधन परेको थियो । ती संसोधन सबै अध्ययन गरेर विधेयकलाई अन्तिम टुङ्गो लगाउने काम अन्तिम अवस्थामा पुगेको बिधेययक निर्माणका लागि गठित विशेष उपसमितिका सदस्य बैजनाथ चौधरीले आज छलफल गरेर अन्तिम रुप दिने बताउनुभयो ।  उहाँले आज बस्ने उपसमितिको बैठकले बिधेयकलाई अन्तिम टुङ्गो लगाउने बताउनुभयो । उपसमितिले एक साता भित्रै विकास समितिलाई पुरा प्रतिवेदन दिनेछ । विकास समितिले आवश्यक ठानेमा केही छलफल गरेर संसद सचिवालयमा दर्ता गर्नेछ । व्यवस्थापिका संसदबाट पारित भएपछि ऐन कार्यान्वयनमा आउने छ । पहिलो चरणको स्थानीय तह निर्वाचन भएको ३ महिना कटिसक्दा पनि ‘स्थानीय तहको शासन सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले पूर्णता नपाउँदा जनप्रतिनिधिलाई काममा अप्ठ्यारो परेको छ ।