चुनावमा बालबालिकाको प्रयोग हुन नदिने प्रतिबद्धता



सैघाली खबर
काठमाडौं,१३ भाद्र

आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता सरोकारवालाहरुले गरेका छन् । निजी विद्यालयको छाता संगठन, शिक्षा मन्त्रालय र शिक्षा विभागका प्रतिनिधिले निर्वाचनसम्बन्धी गतिविधिमा कलिला बालबालिकाको प्रयोग हुन नदिने भन्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् । स्थानीय तहको प्रदेश नं २ मा आगामी असोज २ गते तथा प्रतिनिधिसभा र प्रदेशसभाको मङ्सिरमा हुने निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिने विषयमा निर्वाचन आयोगले सोमबार सरोकारवालासँग गरेको छलफलपछि उक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको हो । कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बालबालिकाको प्रयोग र आचारसंहिता पालनामा देखिएको कमजोरी सुधानुपर्ने बताउनुभयो । निर्वाचनको गतिविधिको सन्दर्भमा कलिला बालबालिकाको प्रयोग र आचारसंहिता पालनामा देखिएको कमजोरी सुधार्न सबै राजनीतिक दलहरुलाई उहाँले सुझाव समेत दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्