मुख्य समाचार

बाढीले क्षति भएको सडक मर्मतको जिम्मा सेनालाई दिएकोप्रति मन्त्रालय असन्तुष्ट

By थाहा अनलाइन

August 29, 2017

सैघाली खबर काठमाडौं,१३ भाद्र

सरकारले प्रदेश नम्बर–२ मा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचन अगावै बाढी–पहिरोले क्षति भएको सडक मर्मत र पुनःनिर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिएको छ । सुरक्षा तथा सजिलै आवत–जावतका लागि सडक, ढल, कुलो र गोरेटो मर्मत तथा पुनःनिमाण छिटो बनाउन सेनालाई जिम्मा दिने निर्णय सरकारले गरेको हो । सरकारले दिएको जिम्मेवारी अनुसार सेनाले काम शुरु गरिसकेको छ । तर सरकारको यो निर्णयमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले भने असन्तुष्टी जनाएको छ । मन्त्रालयले सडक पुनःनिर्माणको काम आफूहरुलाई नदिएकोमा घुमाउरो पारामा असन्तुष्टि जनाएको हो ।   भौतिक पुर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले सरकारले आफूहरुलाई जिम्मा दिए काम गर्न तयार रहेको बताउनुभयो । बलायरले भन्नुभयो, “हामी जतिखेर पनि तयार छौं, मन्त्रीपरिषद्ले हामीलाई जिम्मा दियो भने काम गछौं ।” उहाँले प्रश्न गर्नुभयो, “यत्रो देशको जनशक्ति हामीसँग छ, प्रविधि र प्राविधिक कर्मचारी हामीसँग छन्, हामीले नसके कसले सक्छ ?”