एक वर्षभित्र करीब २ सय बढी कानून बनाउने काम सम्पन्न- मन्त्री ढकाल



काठमाडौ। संसद् गठन भएको एक वर्षभित्र करीब २ सय बढी कानून बनाउने काम सम्पन्न भएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बताएका छन्। संविधान र सङ्घीयता अनुकूल बनाउनुपर्ने २ सय बढी कानून बनाउने काम सम्पन्नको हो।
आज आइतबार चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले संविधानअनुरुप सङ्घीयतालाई बलियो बनाउन यो वर्ष कानून निर्माणको ऐतिहासिक वर्ष भएको बताए।
“जनतालाई अधिकारसम्पन्न बनाउने कानूनको हिसाबले मौलिक हकमा रहेका कानून धेरै निर्माण भइसकेका भन्दै देवानी र फौजदारीसँग सम्बन्धित ऐन अघिल्लो वर्षमा पास गरे पनि यसै वर्षबाट कार्यान्वयनमा आएको उल्लेख गरे।

पछिल्लो समय अन्तर प्रदेश परिषद् बैठकबाट कानून निर्माणको सन्दर्भमा कसरी जाने भन्ने विषयमा मूल खाका बनाइएको मन्त्री ढकालले बताए। प्रदेश लोकसेवा र भूउपयोग नीतिलगायत सम्बन्धित ऐन पास भइसकेको भन्दै उनले प्रदेश र स्थानीय तहमा ऐन कानून निर्माणका लागि केन्द्रका तर्फबाट मार्गप्रशस्त गरेको समेत स्पष्ट पारे।
संसद्ले काम नगर्दा पनि सरकारमा गएर ठोकिने गरेको भन्दै उनले सबै कानून मन्त्रालयमा नबन्ने र अधिकांश सम्बन्धित मन्त्रालयमा बन्ने बताए। मन्त्रालयले निर्माण गर्ने कानूनको समन्वय र सहजीकरण कानून मन्त्रालयले गर्ने उनको भनाई छ। उनले ३३९ कानूनमध्ये अधिकांश कानूनलाई संविधान र सङ्घीयताअनुरुप बनाउने काम गरिएको जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्