बाढी प्रभाबित क्षेत्रमा स्वास्थ्य र सरसफाइ सम्बन्धी कार्यक्रम हुने



सैघाली खबर,
दाङ,१३ भदौ।
जिल्लाका बाढी प्रभाबित क्षेत्रमा स्वास्थ्य र सरसफाइका लागी नेपाल रेडक्रस जिल्ला शाखा दाङको आयोजनामा कार्यक्रम हुने भएको छ।जिल्लाका तुलसीपुर, शान्तिनगर,लमही,दगीशरण,बबई र राजपुर गाउपालीकामा स्वास्थ्य र सरसफाइका लागी घर दैलो कार्यक्रम हुने भएको हो।

घर दैलो र बिद्यालयमा स्वास्थ्य र सरसफाइका लागी कालागी कार्यक्रम हुने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका कार्यक्रम अधिकृत बिश्राम अधिकारीले जानकारी दिनु भएको हो।

जसका लागी ९ जना स्वयमंसेवक परीचालन गरीने भएको छ।बाढी प्रभाबीत क्षेत्रमा सरुवा रोगहरुको प्रकोप बढी हुनाले त्यसबाट बच्नका लागी र प्रकोप नबढोस भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागीएको उहाले जानकारी दिनु भयो।

कार्यक्रमले दुषित पानीलाई कसरी शुद्धीकरण गर्ने , सावुन पानीको नियमीत प्रयोग गर्ने , शैचालय भत्कीसकेपछि अपनाउनु पर्ने सजगता सम्बन्धी काम गर्ने कार्यक्रम सयोंजक अधिकारीले जानकारी दिनु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्