गोविन्द खड्का,
घोराही, ।
चौघेरा खानेपानी तथा सरसफाई उपभोक्ता समिति घोराही १७ को सातौँ साधारण सभा एवं तेस्रो अधिवेशन शनिवार गोरक्ष रतन्नतानाथ मन्दिरको योगहल चौघरामा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष धूर्व योगीको अध्यक्षता एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका इन्जिनियर दिनेश प्रशाद शाहको प्रमुख आतिथ्यमा भएको थियो ।
समितिको विशेष सकृयताले पानी खान पाईएको कार्यक्रममका विशिष्त अतिथि एवं गोरक्षनाथ मन्दिरका महन्त सुरतनाथ योगीले बताउनुभयो । कुवाँ खनेर पनि पानी नआउने अति अफ्ठेयारो क्षेत्रमा धारा वितरण गर्ने अति महत्वपुर्णकाम भन्दै वडा सदस्य तलप्रसाद घिमिरेले प्रशंसा गर्नुभयो ।
वडा सदसय घिमिरेले पटक पटक नामै लिएर अध्यक्ष योगिलाई धन्यावाद दिनुभएको थियो ।
सरकारले योजना निर्माण गर्ने तर गरीवले पानीको धारा जोड्नै नसक्ने गरी महशुल किन लिने भनेर अध्यक्ष घिमिरेले जिज्ञासा राख्नुभएको थियो । मन्दिरमा जस्तै चौघेरा स्कुलमा पनि निशूल्क धारा उपलब्ध गराउन आग्रह गर्नुभयो ।
यसैगरी गोरक्ष सामुदायिक वनका मनिराम खनालले सेवा विस्तार गर्न र सबैले खानेपानीको सुविधापाउने व्यवस्था गर्नु सुझाव दिनुभयो ।
समितिका सचिव सचिव रोमाकान्त आचार्यले पेश गर्नुभएको प्रगति प्रतिवेदनका अनुसा सेवा क्षेत्रमा गुठी, चौघेरा, जयहनुमान, अग्रीम, श्रीकृष्ण, राधा कृष्ण र मखमली टोलगरी आठ वटा समेटिएका छन् ।
अहिले सम्म तिन सय ६६ धारा जडान गरीएको छ । त्यसमा दुईवटा मन्दिरको लागि निशुल्क र तिन वटा शुल्क लिनेगरी सामुहिक धारा जडान गरीएको छ । यसैगरी कोषाध्यक्ष नारायणी योगीले पेश गर्नुभएको प्रतिवेदनअनुसार दुईलाख ९० हजार आठ सय ५० रहेको छ । समिति नाफामै रहेकाले साना तिना समस्या समाधान गर्न सक्ने क्षमताको देखिन्छ ।
यस पटक सुधार विस्तार कार्यक्रम अन्तर्गत ३० लाख ६८ हजार वजेट प्राप्त भएको प्रतिवेदनमा उल्लेख गरीएको छ । गत वर्ष सल्लाहकार निर्मल आचार्यले गरेको राजनीतिक पहलको उच्च मुल्यांकन गरेको छ ।
अघिल्ला वर्षमा अघि सारेका निति योजना सम्पन्न गरेको अध्यक्ष योगीले जानकारी िदनुभयो । शुद्धिकरणको लागि ट्रिटमेन्ट प्लान्ट जडान गरी प्रयोगमा ल्याएको, सोलारवाट पानी तान्ने व्यवस्था गरेको, ल्याव राख्ने लक्ष्य अनुसार प्रविधि ल्याएको र केहि दिन भित्रै पानी जाँच गरीनेलगाएतका प्रतिवद्धता पुरा गरेको बताउनुभयो ।
आगामि दिनमा वजेट व्यवस्था गरेर खानेपानीलाई सहज बनाउन स्थानिय सरकार संग आग्रह गर्नुभयो । स्रोत बढाई सेवा विस्तार गर्न आतुर रहेको बताउनुभयो ।
राज्यको दायित्वमा उपभोक्ता समितिले जवाफ दिनुपर्ने निकै कठिन स्थानमा उभिएको भरतपुर खानेपानी समितिका अध्यक्ष शंकर गौतमले बताउनुभयो । योजना हस्तान्तरण पछि स्थानिय सरकारले हेरफेर, सहयोग र संरक्षण गर्नुपर्नेमा कतिपयल चासै नदिएको जानकारी गराउनुभयो ।
पानीको स्रोत बढाउने निति कार्यक्रम ल्याएर मात्रै सेवा विस्तार गर्ने सल्लाह दिन आग्रह गर्नुभयो । łपानी आउँदै सेवा विस्तार गरेर गालि खाने ठाउँ थप्ने हो गौतमले भन्नुभयो, łउपभोक्ताको महशुलले धान्ने गरी समितिको थाप्लोमा नहाल्न आग्रह गर्छु । उहाँले समितिमा बस्न हौसिन वैठकमा अनुपस्थित हुनेले काम गर्न नसक्ने बताउनुभयो ।
समितिका सदस्य विश्वमाया लामिछानेको स्वागत मन्तव्य शुरु भएको कार्यक्रममा नियमित महशुस तिर्ने ईमान्दार उपभोक्ताको रुपमा जीवराज पाण्डे र दामा विक लाई कदर पत्रले सम्मान गरीएको थियो ।
यसैगरी लामो समय खानेपानीमा योगदान गरेको भन्दै पुर्व पदाधिकारीहरु पुष्पा आचार्य, एबि सुनार, कान्तबहादुर घर्ती, गोमा रेग्मी र सुरेश योगीलगाएतलाई सम्मान गरीएको थियो ।
समितिका सल्लाहकार एम प्रसाद आचार्य, उपाध्यक्ष हरी सुवेदी, नेपाल भुपु सैनिक संघका सचिव पदमबहादुर खत्रीलगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कोमानन्द योगीले विचि विचमा गित गाएर नोरञ्जन दिलाउनुभएको थियो । उपभोक्ताहरुको चासोका साथ सहभागिता जनाएका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेभएको छ । कार्यक्रमको सहजिकरा समितिका सचिव कोमानन्द आचार्यले गर्नुभएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।