सैघाली खबर,
काठमाडौं ,१३ भदौ।
सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैयाँले बढेको छ ।
सुनको भाउ तोलाको ५६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको हो ।
यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार चाँदी तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन महंगो भएकाले नेपालमा पनि भाउ बढेको महासंघले जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।