आर्थिक

सुनको भाउ एकै दिन एक हजारले बढ्यो

By थाहा अनलाइन

August 29, 2017

सैघाली खबर, काठमाडौं ,१३ भदौ। सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैयाँले बढेको छ ।

सुनको भाउ तोलाको ५६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको हो ।

यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार चाँदी तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन महंगो भएकाले नेपालमा पनि भाउ बढेको महासंघले जनाएको छ ।