लगातारको वर्षाले स्थगित भएको ‘मातृभूमि कप’ चैत्र ३० गते हुने



काठमाडौं।धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण सहयोगार्थ आयोजना गर्न लागिएको ‘मातृभूमि कप’ चैत ३० गतेलाई सरेको छ ।

चैत २३ गते शनिवार हुने भनिएको खेल खराब मौसमका कारण स्थगित भएपछी धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले एक सूचना सार्वजनिक गर्दै खेल चैत ३० गते हुने जानकारी दिएका हुन् ।

मंगलवारदेखि पुन: कलाकारहरूको अभ्यास खेल हुने धुर्मुसले जानकारी दिएका छन् ।प्रतियोगिताको मिति हेरफेर भएपनि खरीद गरिएको पहिलेकै टिकटले खेल हेर्न सकिने कट्टेलले जानकारी दिए ।खेल त्रिवि क्रिकेट मैदान क्रितिपुरमा हुनेछ।

खेल मा राष्ट्रिय टिम ‘ए’ र राष्ट्रिय टिम ‘बि’ बीच प्रतिष्पर्धा हुनेछ, टिम ‘ए’ को प्रतिनिधित्व पारस खड्काले गर्ने छन् भने, टिम ‘बि’को प्रतिनिधित्व ज्ञानेन्द्र मल्लले गर्ने छन् ।
फाउण्डेशनले चैत ३० गतेका लागि फेरि टिकट खरीद गर्न सकिने बताएको छ भने ई-सेवा मार्फत टिकट खरीद गर्न सकिनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्