अखिल क्रान्तिकारीको केन्द्रीय सचिबमा दाङका चौधरीको उम्मेदवार किन ?



दिपक बोहरा, दाङ १३ भदौ ।
माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को सचिबमा दाङका बिष्णु चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । अखिल क्रान्तिकारीको ईतिहासमै पहिलो पटक हुन लागेको निर्बाचनमा दाङबाट सचिब सहित दुई सदस्यले उम्मेदवारी दर्ता गराएका छन् । लामो समय देखी बिद्यार्थी आन्दोलनमा सक्रिय बन्दै आएका चौधरीले भोली १४ गते हुने अखिल क्रान्तिकारीको निर्बाचनमा सचिब पदमा उम्मेदवारी दिएका छन् ।

क्रान्तिकारीले प्रत्येक प्रदेशबाट एक जना केन्द्रीय सचिबको अबधारण अघि सारे संगै बिष्णु प्रदेश नं. ५ बाट सचिबका बलिया उम्मेदवार हुन् । यस अघि उनी अखिल क्रान्तिकारी दाङको जिल्ला अध्यको भुमिका निर्बाह गरिसकेका छन् । कक्षा ८ मा अध्ययनतर हुँदा बिद्यार्थी राजनीतिमा सक्रिय भएका चौधरी त्यतिबेला अखिल क्रान्तिकारीको ईकाई अध्यक्ष थिए । २०६५ सालमा नेपाल सस्कृत बिश्व बिद्यालयबाट उनी स्वतन्त्र बिद्यार्थी यूनियन ( स्वबियू ) को उपसभापतिमा निर्बाचित भए । २०६८ सालमा जनमुक्ति सेनामा हुँदा सम्पुर्ण खेलहरुको प्रशिक्षण गरेका थिए, जसले गर्दा उनमा खेल सम्बन्धि पनि पुर्ण जानकारी छ । अखिल क्रान्तिकारीको १९ औ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य भएका उनले निरन्तर गुणस्तरीय शिक्षाका लागि आवाज उठाउदै आएका छन् ।

चौधरी २०७० सालमा अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष भए । बोलेर भन्दा काम गरेर देखाउन सक्ने खुबि भएका उनमा सक्षम नेतृत्व गर्न सक्ने क्षमता छ । उनी अहिले अभिभावक बिहिन भएका बालबालिकालाई पालन पोषण देखी उनीहरुको निःशुल्क शिक्षाको व्यबस्था गरेका छन् । कुनै पनि बिद्यार्थी आर्थिक अभाबकै कारण शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने मान्यता राख्ने उनी बताउछन् । यसका साथै दाङका दुर्गा बिकले दलित केन्द्रीय सदस्य र गोपाल घर्तीले जनजाति केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । यस अघि दाङकै सन्तोष पोख्रेल केन्द्रीय सदस्यमा निर्बिरोध भईसकेका छन् ।
सचिबमा चौधरीको उम्मेदवारी किन ?
आर्थिक अभाब लगायत अन्य कारणले कुनै पनि बिद्यार्थीलाई शिक्षा पाउने अधिकारबाट बञ्चित हुन नदिन् ।
शैक्षिक माफियाहरुमाथि धावा बोल्नलाई नैतिक रुपमा संगठनको रसिद बेच्ने छैन् ।

बिद्यार्थी आन्दोलनलाई ईतिहासकै अग्रिम भुमिका र स्वर्णीम अक्षरमा लेखाउने प्रयत्न गर्ने छु ।
सामुदायीक शिक्षाहरुलाई आधुनिक शिक्षामा परिणत गरी निजि शिक्षण संस्थाहरु भन्दा अब्बल रुपमा स्थापित गराउने छु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्