प्रधानमन्त्रीका रुपमा मानिएका नरेन्द्र मोदी र उनको पार्टीलाई ६ सय कलाकारले बहिष्कार गर्ने नारा लगाएका छन् । पाँचदिन अघिमात्र भारतका ६ सय कलाकारले बिजेपी र उसको गठबन्धनलाई चुनावमा बहिष्कार गर्ने बताएका थिए । उनीहरुले मतदातालाई विजेपीलाई भोट नदिन समेत अनुरोध गर्दै अपिल पत्र जारी गरेका छन् ।
जसमा बलिउड अभिनेता नसरुद्धिन शाह, अनुराग कश्यप, मानव कौल, कोनकोणा सेज शर्मा लगायतले हस्ताक्षर गरेको उक्त अपिल पत्रमा बीजेपीलाई मतदान गर्नु भन्दा पहिले प्रेम, करुणा समानता र सामाजिक न्यायका पक्षमा मत जाहेर गर्न भनेका छन् ।
उनीहरुले खराब शक्ति र असभ्यतालाई परास्त गर्नका लागि पनि बीजेपी तथा उसको गठबन्धनलाई मत दिन नहुने अभिव्यक्ति सार्वजनिक गरेका हुन् । उनीहरुले पाँच वर्ष सम्म देशको उद्धारकर्ता झै गरी प्रधानमन्त्री बनेर मोदीले आफ्नो नीतिमार्फत् देशका लाखौ जनताको रोजीरोटि खोसेको आरोप समेत लगाएका छन् । उनीहरुले यसलाई घृणित राजनीति विरुद्धको अभियान भएको बताउँदै यसपटकको चुनाव महत्वपूर्ण भएको र मतदाताले बुद्धिमतापुर्वक मत दिएर सहि नेतृत्व चयन गर्नुपर्ने समेत सुझाएका छन् ।
मुख्य रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी बीजेपी, र काग्रेस आई तिब्र प्रतिश्पर्धाको चुनावी मैदानमा होमिएको छ । दुवैका चुनावी नारा र मत तान्न गरिएको प्रचार प्रसार निक्कै नै आकर्षक देखिन्छ । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धिकी बहिनी पार्टीकी महासचिव प्रियंका गान्धि पनि यसपालीको चुनावमा जोडतोडले लागेकी छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।