सैघाली खबर,
दाङ,१३ भदौ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह प्रथम वर्षको आउँदो शनिबार परेको परीक्षा भदौ ३१ गतेलाई सारिएको छ ।
आइतबारदेखि सुरु भएको स्नातह तह प्रथम वर्षको सबै संकायको भदौ १७ गतेको परीक्षा ३१ गतेका लागि सारिएको हो ।
१७ गते शनिबार बकर इद परेकाले ३१ गतेका लागि सारिएको परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ । यसअघि ४ गते परेको परीक्षा बाढी पहिरोको कारण देखाउँदै १७ गते शनिबारका लागि सारिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्