जनजाति सचिवमा पुनको उम्मेदवारी



सैघाली खबर
दाङ,१३ भदौ
माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी जनजाती सचिबमा दाङका विनोद कुमार पुनले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ । भोली हुने २१ औ अखिल क्रान्तिकारीको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेको वताउनुभयो । लामो समय देखी बिद्यार्थी प्रदेश नं. ५ बाट जनजाति सचिब पदमा उम्मेदवारी दिनु भएको हो । केन्द्रिय सचिवालय सदस्यको भुमिका रहनु भएका पुनले कार्यक्षेत्रका हिसावले पोखरा विश्विद्यालयको सहसंयोजको भुमिका निर्वाह गर्दै आउनु भएको छ ।


पोखरा विश्वविद्यालयका सह संयोजक रहनु भएका पुनले विश्व विद्यालय कमाण्डको समेत भुमिका निर्वाह गरि सक्नु भएको छ । २०६० सालबाट विद्यार्थी राजनिति थाल्नु भएका पुनले बिश्व बिद्यालयबाट २०६५/ ६६ राज्य कमिटि सदस्य हुदै शिक्षाको सुधारका लागि भुमिका निर्वाह गर्दै आउनु भएको छ । अखिल क्रान्तिकारीको १९ औ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य भएका उनले निरन्तर गुणस्तरीय शिक्षाका लागि आवाज उठाउदै आएको छ । शिक्षालाई समाबाद उन्मुख व्यावहारिक बनाउने , निम्न बर्ग मध्यम बर्गलाई शिक्षाको मुलधारमा ल्याउने शिक्षामा समानता कायम निजीकरण र शैक्षिक माफियाका विरुद्धमा निरन्तर संघर्ष गर्ने उल्लेख गर्नुभयो यस अघि दाङकै सन्तोष पोख्रेल केन्द्रीय सदस्यमा निर्बिरोध भईसकेका छन ।
सचिवको उम्मेदवारी यस कारण ?
शिक्षालाई समाबाद उन्मुख र व्यावहारिक बनाउने ।
निम्न बर्ग मध्यम बर्गलाई शिक्षाको मुलधारमा ल्याउने ।
शिक्षामा समानता कायम निजीकरण र शैक्षिक माफियाका विरुद्धमा निरन्तर संघर्ष गर्ने ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्