मुख्य समाचार

आज मेघ गर्जन सहित वर्षा हुने !

By थाहा अनलाइन

April 09, 2019

काठमाडौँ । रातिदेखि नै मौसम बदली भई आज बिहानैदेखि देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली आएको छ । बिहानदेखि काठमाडौँ उपत्यका लगायत देशका कतिपय भूभागमामेघ गर्जनसहित वर्षा भएको छ ।

आज दिनभरि नै बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पूर्वी र मध्य भू(भागमा सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहनेछ । साथै पूर्वी र मध्य भू भागका केही स्थानमा र पश्चिमका १(२ स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना समेत रहेको छ । राति देशका पूर्वी भू भागमा आंशिकदेखि सामान्य बदली र बांकि भु(भागमा आंशिक बदली रहनेछ ।

बुधबार  मौसम सामान्यतया सफा रहने भए तापनि अपरान्ह पश्चात  सामान्य बदली भई मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।