श्रमजीविका सवालमा राज्य गम्भीर बन्नुपर्नै



 

सैघाली खबर,
दाङ,१३ भदौ।

दाङका पत्रकारहरुले श्रमजीविका पेशागत सुरक्षा र भौतिक सुरक्षाका सवालमा सरकार गम्भीर बन्न राज्यमन्त्री डिल्लीबहादुर चौधरी मार्फत आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ दाङ र नेपाल प्रेस युनियन दाङको संयुक्त आयोजनामा आज मंगलबार घोराहीमा गरिएको स्वागत तथा बधाई कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सवीन प्रियासनले श्रमजीविका सवालमा राज्य गम्भीर बन्नुपर्ने बताउनुभयो ।
उहाले दाङ प्रादेशीक राजधानी बनाउन पहलका लागि आग्रह गर्नुभयो । उहाले कुनै निश्चीत भुगोलको भन्दा पनि दाङमा प्रदेश राजधानी बनाउन पहल गर्नुपर्ने बताउनुभयो ।

सो अबसरमा श्रम तथा रोजगार राज्यमन्त्री चौधरीले श्रमजीवि ऐन लाई लागु गराउन आफुले प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाले अव प्रदेश राजधानी दाङमा बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।
महासंघका अध्यक्ष सवीन प्रीयसानको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य नेपाल प्रेस युनियनका अध्यक्ष सुशील बस्नेतले सहजीकरण महासंघका सचिब भूपेन्द्रप्रकास वलीले गर्नुभएको थियो ।

यसैबिच राप्ती अञ्चल अस्पताल तुलसीपुरले श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीलाई स्वागत तथा बधाई कार्यक्रम गरेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष बिष्णुकुमार देबकोटाको अध्यक्षतामा राज्यमन्त्री चौधरीलाई स्वागत तथा वधाई ज्ञापन गरिएको हो । उक्त कार्यक्रममा निमित्त मेडिकल सुपरिटेण्डीयन डाक्टर योगराज शर्माले अस्पतालको बस्तु स्थीतिका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण विकास समितिका सदस्य सुबोधकुमार डाँगीले गर्नुभएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्