पाँच बिद्यालय किशोर किशोरी मैत्री हुने



सैघाली खबर,
दाङ,१३ भदौ।

दाङका ५ वटा बिद्यालयलाई किशोर किशोरी मैत्री बिद्यालय बनाईने भएको छ । उनीहरुलाई बिभिन्न ९ वटा सुचकका आधारमा नमुना बिद्यालय बनाईने भएको हो । ओरेक नेपालको आयोजनामा तुलसीपुरमा भएको किशोर किशोरी मैत्री बिद्यालय निर्माणमा बिद्यालयको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिईएको हो ।

बाल बिबहा न्युनिकरण, किशोरकिशोरीहरुलाई सुचना दिन सुचना केन्द्रको स्थापन, यौन तथा प्रजनन् स्वास्थ्य किशोराबस्था र मनोबिमर्स, किशोर किशोरीको छुट्टा छुट्टै शौचालय , सेनेटरी प्याडको व्यबस्था, अतिरिक्त क्रियाकलाप, प्रथामिक स्वास्थ्य उपचारको व्यबस्था, सुचना केन्द्र स्थापन पश्चात बिद्यालयमा बालबालिकाको अबस्थालगायतका बिभिन्न नौ सुचक पुरा गरी ५ वटा बिद्यालयलाई किशोरकिशोरी मैत्री बनाईने जनाईएका छन् । साथै शिक्षक तथा बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरुले बिद्यालयलाई किशोर किशोरी मैत्री बनाउने प्रतिबद्धता जनाएका थिए ।

आरेककी जिल्ला संयोजक तुलसा गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण दीपा धित्तालले गरेकी थिईन् । कार्यक्रममा स्रोत ब्यक्ति, दाङका २० बिद्यालयका प्रधानध्यापक, बिद्यालय व्यबस्थापन समितिका पदाधिकारीलगायतको सहभागीता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्