काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित चलचित्र ‘पि.एम.नरेन्द्र मोदी’प्रदर्शनमा रोक लागेको छ । भारतको निर्वाचन आयोगले बुधबार उक्त चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेको हो ।
यो चलचित्र भारतमा निर्वाचन सुरु हुने दिन, अप्रिल ११ देखि प्रदर्शन गर्ने तयारीमा थियो । ओमुंग कुमारले निर्देशन गरेको चलचित्रमा विवेक ओब्रोइले मोदीको भूमिका निभाएका छन् ।
चलचित्र २३ वटा विभिन्न भाषामा एकसाथ प्रदर्शन गर्ने तयारी थियो । आयोगले लोकसभा निर्वाचन नसकिएसम्मका लागि उक्त चलचित्र प्रदर्शन नगर्न निर्देशन दिएको हो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।