मुख्य समाचार

डिआइडि० सिजन २ को प्रेस संयोजकमा पत्रकार दिपक बोहरा चयन

By थाहा अनलाइन

August 29, 2017

,बिष्णुकुमार देवकोटा दाङ,१३ भदौ। राष्ट्रव्यापि नृत्य बिद्याको महासंग्राम डान्स आइकन दाङ (डिआइडि) सिजन २ को प्रेस संयोजकमा पत्रकार दिपक बोहरालाई चयन गरिएको डिटेन इन्टरटेन्मेन्टले जनाएको छ । कार्यक्रमलाई हरतवरले सफल पार्नका लागि संचारको मुख्य भुमिकाहुने हुदा बोहरालाई प्रेस संयोजकको जिम्मेवारी तोकिएको (डिआइडि) सिजन २ का रणनैतिक संयोजक बिष्णुकुमार देवकोटाले जानकारी दिनभयो ।

राप्ति समाचार राष्ट्रिय दैनिक, राप्ति समाचार अनलाईन,रेडियो पाठशाला १०४ मेगाहर्ज लगाएतका मिडियाहाउसहरुमा पुर्णकालिनरुपमा कृयासिल पत्रकार बोहरालाई संचार संयोजकको जिम्मेवारी आजैदेखि तोकिएको (डिआइडि) सिजन २का संयोजक दिपक वलिले जानकारी दिएकाछन् ।

(डिआइडि) सिजन २को औपचारीकरुपमा भाद्र १६ गते तुलसिपुरमा अडिसन गरि उद्घाटन गरिने छ । दाङ जिल्लालाई आधारमानि देश व्यापीरुपमा संचालन गरिने कार्यक्रमको प्रेस संयोजकको जिम्मेवारी पाएलगत्तै सबोहराले कार्यक्रमलाई सफलपार्न हरसंभव सहयोग गर्ने प्रतिकृया दिए ।