कार्यपालिका सदस्य कुमालद्धारा सिमेन्ट उपलब्ध



सैघाली खबर,
दाङ,१३ भदौ।

बर्षाले क्षति पु¥याएको घर मर्मतका लागि तुलसीपुर ७ नवलपुरका देवेन्द्र नेपालीको परिवारलाई सिमेन्ट उपलब्ध गराईएको छ । तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य दिपक कुमालले बर्षाले क्षति पु¥याएको घर मर्मतका लागि पाँच बोरा सिमेन्ट उपलब्ध गराएका हुन् । बर्षादको समयमा घर भित्रै पानी पस्ने र घर भत्किने समस्या रहेकाले त्यो समस्या हटाउन घर भित्र पलस्टर गर्न लागेको नेपालीले बताए ।

नेपाली परिवारको आर्थिक अबस्था कम्जोर भएकाले पलस्टर गर्ने पैसा समेत नभएकाले सिमेन्ट उपलब्ध गराईएको कार्यपालिका सदस्य कुमालले बताए । कुमालले आफ्नै व्यक्तिगत लगानीमा सिमेन्ट उपलब्ध गराईएको बताएका थिए । साथै सिमेन्ट उपलब्ध गराउने कार्यपालिका सदस्य कुमाललाई धन्यबाद पनि दिएका थिए । सिमेन्ट उपलब्ध गराउँदै सदस्य कुमालले आफुले गरिब, दुःखी, पीडितहरुलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।

साथै नेपाली परिवारलाई घर पलस्टर गर्दा केही सामान अपुग भएमा आफुलाई जानकारी गराउन समेत अनुरोध गरेका थिए । उनले बिकास उन्मुख ठाउहरुमा उपमहानगरपालिकाको तर्फबाट बिकास पु¥याउने पनि प्रतिबद्धता जनाएका थिए । बर्षादको समयमा घरभित्रबाट पानीको कुलो बग्दा डराई डराई घरभित्र बस्नु पर्ने बाध्यता रहेको नेपालीले बताए ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्