घोराहीको एक होटलमा प्रहरीको छापा ,वेश्यवृत्तिमा लगाउने होटल मालिक सहित ८ जना प्रहरी नियन्त्रणमा



सैघाली खबर
दाङ,१३ भदौ। गएराती नगर प्रहरी कार्यालय घोराहीले ट्राफिक चोक स्थित कोशेली गेष्ट हाउसबाट वेश्यवृत्तिमा संलग्न गराएको आरोपमा होटल मालिक सहित आठ जनालाई पक्राउ गरेको छ । गएराति साढे १० बजे
गुनाम रोल्पा कोसेली गेष्ट हाउसमा अबैध धन्दा भईरहेको भन्ने गोप्य सुचनाको पक्राउ गरेको वडा प्रहरी कार्यालय प्रमुख सूर्य थापाले जानकारी दिनुभयो । गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यलय घोराहीबाट खटेको प्रहरी टोलिले घोराही उपमहानरपालिका १५ ट्राफिक चोक स्थित गेष्ट हाउसबाट पक्राउ गरेको हो ।

प्रहरीले होटलमा सोधपुछ तथा खानतलासी गर्दा गैह्रकानुनी रुपमा महिला पुरुष राखेको भेटिएको ले वेश्यवृत्तिमा संलग्न रहेको आशंकामा गेष्ट हाउस संचालिका रोल्पा घर बताउने मिना बाठा घर्ती सहित ५ जना महिला र ३ जना पुरुषलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको थापाले वताउनुभयो । यसका साथै पक्राउ परेका आठै जनालाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय दाङ मा पठाईएको उहाँको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्