गोविन्द खड्का,
घोराही।
कसैलाई अतिथिको आषण ग्रहण नगराइ शुभकामना मन्तव्य नदिइ घोराही ४ को सिस्ने खोलामा बोरिङ सिलान्यास गरिएको छ । वडा अध्यक्ष भीमबहादुर सार्कीले शिलान्यास गर्नुभएको थियो ।
सिस्नेखोला पुलको छेउमा निर्माण हुने भनिएको बोरिङको वडा अध्यक्ष सार्की मार्फत शिलान्यास गराउने कार्यक्रम बन्यो । विहान सात बजेको कार्यक्रमका लागि अध्यक्ष सार्की केही अतिथि सहित कार्यक्रम स्थलमा पुग्नुभयो ।त्यहाँ केही कुर्सीहरु राखेर शिलान्यास कार्यक्रमको तयारी गरिएको थियो ।
माला, फलफुल, मिठाईको व्यवस्था गरिएको थियो । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दुर्गाबहादुर डाँगी सहितका पदाधिकारी, स्थानीय अगुवाहरु, उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।
अध्यक्ष सार्की गाडीबाट ओलिर्नुभयो ।
उपस्थितहरुसंग भलाकुसारी गर्नुभयो । लगत्तै बाटोमुनि तयार गरिएको बोरिङ खन्ने स्थलमा झर्नुभयो । त्यहीँ फलफुल, फरुवा, धुप बत्ती लगायत शिलान्यासका समग्री उपलब्ध गराइयो ।
पण्डितले आफ्नो विधि अनुसारको पूजा पाठ शुरु गर्नुभयो । अध्यक्ष सार्कीले फरुवाले खनेर शिलान्यास गर्नुभयो । केही व्यक्तिहरुले संकल्प गर्दै पूजा गरे । आवश्यक प्रसाद चढाइयो । वरिपरिबाट ताली बजे । फोटाहरु खिचिए । अध्यक्ष सार्कीले नरीवल फुटाल्नुभयो । सबैले ताली बजाउँदै शिलान्यास कार्यक्रम सम्पन्न भयो । केही मिनेटमै कार्यक्रम सकियो ।
औपचारिक कार्यक्रम नगरी किन यसो भयो भनेर केहिले आश्चर्य व्यक्त गरे । सडक किनारामा राखिएका कुर्सीमा बस्ने अतिथिहरुको मर्यादा पनि टुंगियो । अतिथि आसन ग्रहण गरेर कार्यक्रमको शुरुवात नभएकाले सम्पन्न गर्नु नपर्ने भन्दै बहुमतले सहमति जनायो । केहीले मिल्छ । शुभकामना मन्तव्य राखौँ भनिरहेका थिए ।
आयोजकले तयारी गर्दा गर्दै मर्यादा मिचियो अब सच्याउन सकिन्न भनेर केहीले प्रतिक्रिया दिए । केहीले भाषण भिषणको काम छैन जे भयो ठिकैछ भन्दै थिए । प्रसाद स्वरुप फलफुल र मिठाई बाँड्ने काम अघि बढ्यो । छलफल चल्दैथियो प्रमुख अतिथि वडा अध्यक्ष सार्की आफ्नो गाडी चढ्नुभयो ।
यसरी भाषण नगरेरै खानेपानीको बोरिङ शिलान्यास गरियो । डाँडागाउँ, वसन्तापुर, शिवटोल, लक्ष्मीटोल, गुराँघारी, चुक्लेपाटा लगायतका वासिन्दालाई पिउने पानी उपलब्ध गराउने लक्षका साथ बोरिङ खन्न थालिएको वडाका सामाजिक परिचालक हेमराज पौडेलले जानकारी दिनुभयो ।
उहाँले दिएको जानकारी अनुसार त्यसका लागि यस वर्ष २० लाख बजेट संघीय सरकारबाट आएको र आगामी वर्षमा क्रमागत रुपमा पूरा हुने छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।