कोईलावास भन्सार नाका खुल्छ ः राज्यमन्त्री चौधरी



सैघाली खबर
दाङ १३ , भदौ

दाङको प्रमुख व्यापारीक नाका कोईलावास भन्सार नाका अवको केही महिनामै संञ्चालन हुने श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली वहादुर चौधरीले वताए छन । मंगलवार नेपाल पत्रकार महासंघ दाङले आयोजना गरेको स्वागत सम्मान कार्यक्रम वोल्दै मन्त्री चौधरीले यस्तो वताएका हुन । 

राप्ती द्वारमा रहेको कोईलावास भन्सार नाका हाल वन्द हुदा दाङ लगाएत राप्तीका व्यापार , आर्थिक समृद्धि तथा रोजगारमा केही प्रभाव परेकाले दाङका कोईलावास नाका संञ्चालनका लागि सरकार तयार रहेको उनले वताए । केही समय दाङको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको कोईलावास नाका हाल वन्द हदा दाङको व्यापार तथा रोजगारका अवसरहरु वन्द वनेकाले कोईलावास भन्सार लाई तत्काल खुल्ला गरी दाङको व्यापार तथा रोजगारका लागि वृद्धि गर्ने उनले वताए ।

त्यस्तै पत्रकारहरु संगको कुराकानीमा श्रम तथा रोजगार राज्यमन्त्री प्रदेश न. ५ को राजधानी दाङ नै वन्ने वताएका छन । भौगोलिक सुगमता र भौतिक पुर्वाधार विकासका कारण दाङ र्र्नै प्रदेश राजधानी वन्न सक्ने दावी गरेका छन । उनले भने दाङमा राजधानी कहाँ राख्ने भेगिए लडाई राजधानी निर्माणका लागि एकता वद्ध वन्न दङगालीहरु आग्रह गरे ।

साथै दाङको विकासका लागि समेत वर्तमान सरकार तमतयार रहेकाले दाङको विकास लागि दाङवासीले प्रभावकारी एकिकृत गुरुयोजना निर्माणको दाङको विकासका लागि एकता वद्ध वन्न आग्रह गरे ।

त्यस्तै स्वागत सम्मान कार्यक्रममा वोल्दै सिचाई राज्यमन्त्री अम्मर सिंह पुनले दाङ , रोल्पा र प्युठान साँस्कृतिक र आर्थिक सम्वन्ध नजिक रहेकाले दाङ र राप्ती ५ जिल्लाहरु सम्वन्ध लाई अझै प्रघाट वनाउनु पर्ने जोड दिएका छन । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । भने कार्यक्रमको सहजीकरण सविच भुपेन्द्र प्रकाश वंलीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्