पूर्व पोर्नस्टार एवम् बलिउड अभिनेत्री सन्नी लियोनी आफ्नो जीवनीमाथि बनिरहेको ‘करनजीत कौर – द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’को अन्तिम तयारीमा जुटिरहेकी छिन् । अन्तिम तयारीमा जुटिरहेकी सन्नीले बितेका दिनका केही काला अध्यायहरू सम्झिँदा आँखामा आँशु आउने गरेको बताएकी छन् ।
‘जीवनका ती काला दिनहरू फेरि एकपटक याद गर्नु मेरा लागि सहज थिएन’, उनले भनेकी छिन्, ‘म ती दिनहरूलाई नराम्रो सपना मानेर छिट्टै बिर्सन चाहन्छु ।’ उनले जुनबेला आफ्नी आमाको निधन भयो त्यतिबेला बुबा क्यान्सरसँग जुँधिरहेको स्मरण गरेकी छिन् ।
‘त्यसको केही समयपछि उहाँ पनि बित्नुभयो’, सन्नीले भनिन्, ‘मैले विवाह गरें अनि मलाई एउटा भारतीय टिभी शोमा आउने आमन्त्रण मिल्यो । यी सबै छिटोछिटो भए ।’
‘केहि परिस्थिति दुखदायक थिए, जसलाई म यादै गर्न चाहन्न । सुटिङको बेला मैले आफूलाई सम्हाल्नै सकिन, म रोएँ’, सन्नीले भनेकी छिन्, ‘म रोएको देखेर मेरा पति डेनियल वेबरसमेत डराए ।’
‘उनी अशाहय महशुस गरिरहेका थिए किनकी उनले मेरा जीवनका ती काला पानाहरू ठीक गर्न सक्दैनथे’, उनले भनिन्, ‘आफ्ना परिवारलाई गुमाउनु एकदमै डरलाग्दो कुरा हो ।’
सन्नीको बायोपिक वेव सिरिज जी फाइभ ओटिटिमा शुक्रबार सार्वजनिक हुँदैछ ।
‘जिस्म २’बाट बलिउडमा डेब्यू गरेकी सन्नीले त्यसयता ‘एक पहेंली लीला’, ‘रईस’ तथा ‘वान नाइट स्ट्याण्ड’ लगायतका सिनेमामा काम गरेकी छन् । पछिल्लो पटक उनी अभिनित सिनेमा ‘तेरा इन्तजार’ सन् २०१७ मा रिलिज भएको थियो ।
सन्नी लियोनी छिट्टै मलयालम सिनेमाका सुपरस्टार माम्मुटीसँग ‘मधुरा राजा’मा देखिदैं छिन् । ‘रंगीला’ सिनेमामा उनी मूख्य भूमिकामा अभिनय गर्नेछिन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।