नेपालगन्ज । बाँकेको ओम प्लाइउड एण्ड फर्निचर उद्योगमा आज शुक्रबार बिहान आगलागी भएको छ । नेपालगञ्ज–१३ गंगापुरस्थित उद्योगमा बिहान ४ बजेतिर विद्युत सट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिएका छन।
आगलागीबाट करिव ६ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी प्रमुख पौडेलले बताए ।
आगलागीबाट २ वटा मेसिन र कच्चा पदार्थमा क्षति पुगेको छ । प्रहरी, सशस्त्र प्रहरी स्थानीय तथा नेपालगन्ज उप–महानगरपालिका र कोहलपुर नगरपालिकाबाट आएको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।