दलहरु प्रदेश नम्बर २ मा केन्द्रीत, उम्मेदवार छान्न छलफल



सेघाली खबर
काठमाडौं, १४ भाद्र

तेश्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरु प्रदेश नम्बर २ मा केन्द्रीत भएका छन् । निर्वाचनको मिति नजिकदै गर्दा दलका नेताहरु प्रदेश नम्बर २ मा आ आफ्ना चुनाबी कार्यक्रममा केन्द्रीत भएका छन् । काग्रेस, एमाले, माओवादी राजपासहितका दलका नेताहरु प्रदेश नम्बर २ मा आफ्नो पार्टीको उपस्थिति बलियो हुने दाबी गर्दै आएका छन् । आज उम्मेदवार चयन गर्न दलहरुले आन्तरिक छलफल गर्दैछन् । मतदानका लागि २० दिन मात्र बाँकी रहँदा दलहरू अन्तिम कसरतमा भन्दै दैनिकजसो आआफ्नै नेतासँग बैठक बसिरहेका छन् । कांग्रेसले जिल्ला स्तरबाटै ७० प्रतिशत नाममा सहमति भएर आएको र विवादित रहेका बाँकी ३० प्रतिशत स्थानमा छलफल भइरेहको बताएको छ ।कांग्रेस नेता तथा श्रममन्त्री फरमुल्लाह मन्सुरले आजबाट पुनः टिकटका विषयमा छलफल सुरु हुनेजानकारी दिनसभयो । प्रमुख प्रतिपक्षी दल एमालेले भने प्रदेश २ का १ सय २४ तहका उम्मेदवार टुंगो लगाइसकेको छ । प्रदेश २ मा १ सय ३६ स्थानीय तह छन् । एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश २ का सहसंयोजक नागेन्द्र चौधरीले बाँकी तह भोलि बिहीबार टुंगो लाग्ने बताउनुभयो । राष्ट्रिय जनता पार्टी नेपालका प्रवक्ता डिम्पलकुमारी झाले उम्मेदवारहरूको संख्या धेरै रहेकाले उम्मेदवार टुंगो लगाउने विषयमा छलफल जारी गरिरहेको जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रले उम्मेदवार छनोटका विषयमा आज जनकपुरमा छलफल गर्दैछ । हिजो पनि छलफल गरेको र आज थप छलफल गरेर टुङ्गो लगाउने भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्