मुख्य समाचार

शिक्षा ऐन संसोधनमा कुनै राजनीतिक स्वार्थ नरहेको शिक्षा मन्त्रीको दावी

By थाहा अनलाइन

August 30, 2017

सेघाली खबर काठमाडौं, १४ भाद्र

उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले नवौ शिक्षा ऐन संसोधनमा कुनै राजनितिक स्वार्थ नरहेको स्पष्ट पार्नुभएको छ । आठौ शिक्षा संसोधन ऐन कार्यान्वयनमा नआउदै सरकारले संसदमा नबौ शिक्षा संसोधन ऐन पेश गरेको भन्दै सरकार समर्थित सांसदहरुले नै बिरोध गरेका थिए । राजनितिक आधारमा अस्थाई शिक्षकहरुलाई जोगाउन शिक्षा ऐन संसाधेन गर्न लागेको आरोप सांसदहरुले लगाएपछि शिक्षामन्त्रीले त्यसको खण्डन गर्नुभएको हो र्। शिक्षामन्त्री श्रेष्ठले अस्थाई शिक्षकहरुको जायज माग सम्बोधनका लागि ऐन संसोधन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले शिक्षा ऐन ससोधन पारित भए अस्थायी शिक्षकले राहात पाउने बताउनुभयो । सरकारले अस्थायी शिक्षकलाई पास भए स्थायी जागरि फेल भए सुविधा दिएर पठाउने गरि संसोधन गर्न लागेको छ ।