मुख्य समाचार

अनेरास्ववियु क्रान्तिकारीको नयाँ नेतृत्वका लागि आज निर्वाचन

By थाहा अनलाइन

August 30, 2017

सेघाली खबर काठमाडौं, १४ भाद्र

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने निर्वाचन गर्ने कार्यतालिका तय भएको छ । हिजो नै चुनाव हुने भनिएपनि प्राविधिक कारणबस ढिला भएको समितिका संयोजक रमेश मल्लले जानकारी दिनुभयो । क्रान्तिकारीमा पहिलो पटक नेतृत्वका लागि निर्वाचन हुन लागेको हो । नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा र रञ्जित तामाङ चुनावी मैदानमा हुनुहुन्छ । तेत्तीस पदाधिकारीसहित २४३ नयाँ केन्द्रीय समिति निर्वाचनले चयन गर्नेछ । निर्वाचनमा दुई हजार १५ मतदाता सहभागी हुनेछन् । यही भदौ ७ गतेदेखि भएको २१औँ सम्मेलनअन्तर्गत निर्वाचन कीर्तिपुरस्थित त्रिवि सभाहलमा हुनेछ । चुनावी प्रक्रियामा जादा क्रान्तिकारीको महाधिवेसन लम्बिएको छ ।