अन्तर्राष्ट्रिय

भारतको मुम्बई डुबानमा

By थाहा अनलाइन

August 30, 2017

सेघाली खबर काठमाडौं, १४ भाद्र

भारतको मुम्बईमा भारी वर्षाका कारण भएको डुबानबाट १ करोड ६० लाख मानिस प्रभावित भएका छन् ।भारी वर्षाका कारण मुम्बईका अधिकांश भूभाग जलमग्न भएका छन् । डुबानले हवाई र रेलवे सेवासमेत अबरुद्ध बनेका छन् भने विद्यालय र कलेज बन्द गरिएका छन् ।मुम्बईको एक अस्पताल पुरै डुबानमा परेकाले त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ । भारी बर्षाका कारण सयौं सवारी साधन सडकको बीचमै रोकिएका छन् ।मौसमविदहरुले बर्षा अझ केही दिन रहने बताएका छन् ।