काठमाडौं । महानगरीय प्रहरी वृत बानेश्वरले कुटपिट तथा तोडफोड कार्यमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । उनीहरुले बानेश्वर बस्नेत मदन खड्कालाई कुटपिट गरेका थिए । पाँचथर फागुनन्द गाउँपालिका–४ घर भएका नयाँ बानेश्वर बस्ने १९ वर्षीय शुक्रराज राईसहित ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले खड्कालाई कुटपिट गर्नुका साथै बा।१४ च ४८४१ नम्बरको गाडी समेत तोडफोड गरेको खबर प्राप्त हुनासाथ बृतबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको बृतका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।