देशभरको मौसम बदलि मेघगर्जन सहित पानि पर्ने सम्भावना



काठमान्डौ। उपत्यकासहित मध्य र पूर्वको केही ठाउँको मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभाबले काठमाण्डौसहित मध्य क्षेत्रको मौसम बदली भएर केहि ठाउँमा मेघगर्जन र चट्याङ सहित वर्षा हुने सम्भावना मौसम पूर्बानुमान साखाले जनाएको छ । आज मध्य र पूर्वको मौसम खुल्ने संभावना कम छ । दिउँसो केहीबेर मौसम खुले पनि फेरि बदली हुने छ ।

मध्य र पूर्वका केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्नेछ भने उच्च हिमाली भेगमा हिमपातको पनि संभावना रहेको र केही ठाउँमा असिना पनि पर्न सक्ने मौसमविद्ले बताएका छन् ।आइतबार र सोमबार मध्य र पूर्वको मौसम बदली भए पनि पश्चिमको मौसम भने आंशिक बदली हुनेछ । मंगलबार भने देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्