काठमान्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सन्दीप लामिछाने को टिम दिल्ली क्यापिटल्स र सनराईजर्स हैदरावाद बीच प्रतिस्पर्धा हुदैछ ।
खेल नेपाली समयअनुसार राति ८ः१५ मा सुरु हुनेछ । हैदरावादविरुद्ध दिल्लीले सन्दीपलाई मैदान उतार्ने सम्भावना कम छ । यसअघि रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा खराब प्रदर्शन गरेका सन्दीपलाई दिल्लीले कोलकत्ताविरुद्धको खेलमा खेलाएको थिएन ।
सन्दीपले जारी सिजन ४ खेलमा ५ विकेट लिएका छन् । दिल्ली हैदरावादविरुद्धको खेलमा पाँचौ जितको खोजीमा रहनेछ । दिल्लीले ७ खेलमा ४ जित निकाल्दै ८ अंक जोडेको छ । हैदरावादले ६ खेलमा ३ जितसहित ६ अंक जोडेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।