दूइकोठे नयाँ भवनको उद्धघाटन



सैघाली खबर,

दाङ १४ भदौ ।
शान्तिनगर गाउपालिका २ पेदास्थीत वालकल्याण आधारभुत विद्यालयमा निर्मित
दुईकोठे पक्की भवनको मंगलवार उद्धघाटन गरिएको छ । शान्तीनगर गाउँपालिका प्रमुख कमान सिंङ डाँगीले एक कार्यक्रमका विच विद्यालयको दुईकोठे भवनको उद्धघाटन गरेकाहुन ।

नयाँ भवनको उद्धघाटन गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सवै अभिभावक सामाजिक कार्यकर्ता एकहुनुपर्ने वताए ।सरकारी शिक्षाको अनादर गरि निजिशिक्षामा लालाहित हुँदा नतिजामा राम्रो देखीएपनि नैतिक्ता र व्यवहारीक्तामा शिक्षा सउन्मुख वनेको भन्दै नैतिक्ता र व्यवहारिक शिक्षाका लागि सवै चनाखो वन्नु पर्ने उनले वताए ।

वालकल्याण आधारभुत विद्यालयको आयोजनामा गाउँपालिकाका नवनिर्वाचीत पदाधिकारीहरुको स्वागतार्थ भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष डाँगीले त्यस्तो कुरा वताएका हुन । जिल्ला शिक्षा कार्यालय दाङको आर्थिकवर्ष ०७३÷०७४मा
गरेको आर्थिक अनुदान सहयोगमा वनेको दुईकोठेभवनको मंगलवार गाउँपालिका प्रमुखले गरेका हुन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त केसीको अध्यक्षता एवं शान्तिनगर
गाउँपालिका का प्रमुख कमानसिङ डाँगीको प्रमुख आतिथ्यता तथा उप प्रमुख मिथिला शाहको विशिष्ठ आतिथ्यतामा स्वागत कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालीकाका कार्यकारी अधिकृत भिष्मकुमार मल्ल वडानं २का अध्यक्ष
फर्साराम डाँगी, वडानं ३का अध्यक्ष वुद्धिराम तिवारी,वडानं ४का अध्यक्ष धनवहादुर केसी नेपाल शिक्षक संघ दाङका ससचिव निमवहादुर नेपाली, नेपाली काँग्रेसका नेता देवि रिजाल , अभिभावक शोभाराम विष्ट , मोहन वली, नरवाहादुर वली चित्रवहादुर गरङजा लगाएतले विद्यालयका भौतिक पुर्वाधार देखि शैक्षिक सुधारमा सवैको सहयोग आवश्यक रहने वताएका थिए ।

स्वागत कार्यक्रममा विद्यार्थीहरुले साँसकृतिक प्रस्तुतिपनि राखेका थिए । शिक्षक
रत्न कंडेलको सहजीकरणमा भएको कार्यक्रममा विद्यालयका प्रद्यानध्यापक ओपेन्द्र
केसीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।​

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्