पत्रकार कुसारीको स्ट्याटसले लक्ष्मीको उपचार सम्भब’



सैघाली खबर,

दाङ १४ भदौ ।

बाढी पीडित लक्ष्मि विकलाई अत्यधिक रक्तश्रावत भयो । दंगिशरण २ कौवाघारि सुनारटोलकी उनी बिरामी हुँदा आराम गर्ने घर पनि भएन् । अबिरल बर्षा संगै आएको बाढीले उनको घर पनि भत्किएको छ । आर्थिक अबस्था कम्जोर हुँदा उपचार खर्च पनि जुटाउन सक्ने हैसिएत थिएन् । पैशा सापटी गरेर भएपनि उनका आफन्तीले अस्पतालमा भर्ना गराए । रगत धेरै बगेकाले उनलाई तत्कालै ए पोजेटिभ रगतको आबश्यक प¥यो । तर थप उपचारका लागि पैसा थिएन् ।

उनीहरुको आर्थिक अबस्थास्था कम्जोर हुँदा उपचार प्रभाबित भएपछि स्थानीय सामाजिक परिचालक तथा पत्रकार देबिराम कुसारीले फेसबुकमा स्ट्टस मार्फत उपचारमा सहयोग गर्न अपिल गरे । उनले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका थिए ‘साथिहरु साविक गोल्टाकुरी हाल दंगिशरण २ कौवाघारीकि वर्षा प्रभावित शान्ति स्वयम सेवक लक्ष्मि विक अत्याधिक रक्तस्रापको पिडले राप्ती अञ्चल अस्पताल तुलसिपरको ३ नम्वर वाडमा छट्पटाई रहेकी छिन्, । उनलाई ‘ए’ पोजेटिभ रगतको आवश्यक परेको थियो । साथिहरु म यतिवेला गैडाकोड छु मेरो रक्त समूह मिले पनि सेवा गर्न सकिन, उनी अत्यन्त गरिव परिवारकि हुन् सहयोग गरिदिन आग्रह गर्दछु ।’

यो स्ट्याटस पढेपछि परिबर्तनका लागि सम्बाहक शान्ति र पुनः मिलाप कार्यक्रम प्रमुख बसन्त पोख्रेल, कार्यक्रम निर्देशक लोकमनी रेग्मी, महिला सामुदायीक केन्द्रकी अध्यक्ष बिमला योगीको पहलमा रगतको व्यबस्था गरिएपछि उनको उपचार सफल भयो । साथै उनलाई चार हजार दुई सय रुपैँया उपचार खर्च समेत उपलब्ध गराईएको छ । पत्रकार कुसारीले फेसबुकमा राखेको सञ्देश मुलक अपिलले गर्दा एउटा व्यक्तिको उपचारमा सहज भएको भन्दै सामाजीक सञ्जालको सहि सदुपयोग गर्ने हो भने समाज परिबर्तन गर्न सकिने अध्यक्ष योगीले बताईन् । साथै पत्रकार कुसारीले फेसबुक मार्फत बाढी पीडितहरुलाई उद्धार देखी हरेक व्यक्तिको पीडामा मलहम पट्टि लगाउन भुमिका निर्बाह गरेको भन्दै धन्यबाद पनि व्यक्ति गरिने । आफ्नो सानो सहयोगले कसैको जीवनमा ठुलो परिबर्तन आउछ आफु जस्तो सुकै सहयोग गर्न पनि तयार रहने उनको भनाई थियो । उनले भने ‘ बाढी पीडितहरुलाई सहयोग गरे, अहिले उपचार गर्न आर्थिक अभाब भएकाहरुलाई फेसबुक मार्फत सहयोग गरिरहेको छु ।’

उनले बिकको उपचार सम्भब भएको खबर पाउदा खुसी भएको फेसबुक मार्फत प्रतिक्रिया पनि दिएका थिए । उनले लेखेका थिए ‘ विहानै खुसिको कुरा सुनाउन पाउँदा म पनि खुसि छु । फेसवुकलाई गालिगर्ने र विरोधका लागि मात्रै प्रयोग नगरी सकारात्मक काममा पनि प्रयोग गरौ । दंगिशरण २ कौवाघारिकि अति विपन्न, दलित, वर्षावाट प्रभावित लक्ष्मि विकको ज्यान सुरक्षित भयो । फेसबुकमा मेरो आग्रहलाई स्वीकार गर्दै नेपाल महिला सामुदायिक सेवा केन्द्रका लोकमणी रेग्मले रगतको व्यवस्था मिलाउनु भयो, भाइ अर्जुन न्युैपानेले स्वास्थ्यकर्मीलाई चासो दिन आग्रह गर्नुभयो । धन्यवाद दुवैजनालाई अनि फेसबुकलाई लक्ष्मिसंग कुरा भएपछि अलि ढुक्क भइयो ।’ आफुलाई उपचार खर्च तथा रगत उपलब्ध गराएर उपचार सफल गराएको भन्दै आभार व्यक्त गरिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्